६ श्रावण २०८३, बुधबार

‘मनबिनाको धन–२’मा गौरी मल्लको इन्ट्री

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘मनबिनाको धन–२’मा अभिनेत्री गौरी मल्ल अनुबन्धित भएकी छन् । निर्माण पक्षका अनुसार उनीसँग औपचारिक लिखित सम्झौता सम्पन्न भइसकेको छ ।

गौरीको प्रवेशसँगै चलचित्रको कलाकार टोली अझ सशक्त बनेको निर्माण टिमको विश्वास छ । यसअघि नै चलचित्रमा सरोज खनाल, विपिन कार्की, पूजा शर्मा र महेश त्रिपाठी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन् । साथै, किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठ लगायतका अनुभवी कलाकारको पनि अभिनय रहनेछ ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको कथा निर्देशक टंक बुढाथोकी स्वयंले तयार पारेका हुन् । पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने गीत–संगीतको जिम्मेवारी पनि बुढाथोकीकै रहनेछ ।

चलचित्रको निर्माण विष्णुमाया मैनाली बुढाथोकीले गर्दैछिन् ।

पहिलो श्रृंखला ‘मनबिनाको धन’मा अभिनय गरेका अशोक दर्जी र एआर बुढाथोकी दोस्रो भागमा रहने वा नरहनेबारे निर्माण पक्षले हालसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।

निर्माण टिमका अनुसार चलचित्रको छायांकन भदौको पहिलो सातादेखि सुरु हुनेछ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानसँगै मुस्ताङमा पनि चलचित्रको मुख्य छायांकन गरिने तयारी गरिएको छ ।