काठमाडौं । अर्जेन्टिनामाथि स्पेनको फिफा विश्वकप जितपछि लियोनेल मेस्सीबारे लामिन यामलले मिठो प्रतिक्रिया दिएका छन् । अर्जेन्टिनालाई १–० ले पराजित गरेर स्पेन विश्व च्याम्पियन बनेपछि यामलले मेस्सीका बारेमा मिठो प्रतिक्रिया दिएका हुन् ।
‘अन्तिम सिठ्ठीपछि जब मैले मेस्सीलाई हेरेँ, मैले केवल एक प्रतिद्वन्द्वीलाई देखिनँ, मैले ती खेलाडीलाई देखेँ जसले म लगायत लाखौं बालबालिकालाई फुटबल एउटा कला हुनसक्छ भन्ने विश्वास दिलाए ।’ उनले भने ।

यमालले यो पनि भने कि, ‘एक दिन अर्को पुस्ताले मेरो ठाउँ लिनेछ । फुटबल यस्तै हो । तर लियोनेल मेस्सीजस्तो अर्को खेलाडी कहिल्यै पाइने छैन । कीर्तिमानहरू तोडिन सक्छन् र ट्रफीहरू जित्न सकिन्छ तर पूरै पुस्तालाई खेलप्रति आकर्षित र प्रेरित गर्नु इतिहासमा थोरै मानिसले मात्र हासिल गर्नसक्ने कुरा हो ।’

सानामा मेस्सीले आफूलाई नुहाइदिँदै गरेको तस्वीर सम्झदै यामालले अगाडि भने, ‘मेस्सीले मलाई नुहाइदिँदै गरेको तस्वीर फुटबलको सबैभन्दा चर्चित तस्वीरहरूमध्ये एक बन्यो । आज हामीले सँगै अर्को तस्वीर खिच्यौँ, तर यसपटक मैले उनलाई आमनेसामने भएर धन्यवाद दिन सकेँ । उनीजस्ता खेलाडीहरू नभएको भए, म जस्ता बच्चाहरूले यति ठूलो सपना देख्ने आँट गर्ने थिएनौँ ।’

यस्तो छ उनले दिएको प्रतिकियाको भावानुवाद :
आज राति मैले स्पेनका लागि विश्वकप उचालेँ तर मैले यस्तो अनुभव पनि गरेँ, जुन म एक दिन आफ्ना छोराछोरीलाई सुनाउने छु । मलाई सानो बच्चा हुँदा काखमा लिने ती व्यक्ति मैदानको अर्को छेउमा उभिएर उही सपनाका लागि संघर्ष गरिरहेका थिए । फुटबलको कथालाई पूर्णता दिने वा एउटा चक्र पूरा गर्ने कस्तो सुन्दर तरिका हुन्छ ।
‘अन्तिम सिठ्ठी’ (खेल समाप्ति)पछि जब मैले मेस्सीलाई हेरेँ, मैले केवल एक प्रतिद्वन्द्वीलाई देखिनँ । मैले ती खेलाडीलाई देखेँ, जसले म लगायत लाखौं बालबालिकालाई फुटबल एउटा कला हुनसक्छ भन्ने विश्वास दिलाए । मैले ती व्यक्तिलाई देखेँ जसका भिडियोहरू म बारम्बार हेर्थें र अरू कसैले गर्न नसक्ने कुराहरू नक्कल गर्ने प्रयास गर्थेँ ।
मलाई थाहा छ यो हारले उनलाई पक्कै पनि पीडा दिनेछ । यति धेरै जोशका साथ खेल्ने, बारम्बार आफ्नो देशको जिम्मेवारी काँधमा बोक्ने खेलाडीले विश्वकपको फाइनल हार्दा पीडा महसुस नगर्ने कुरै हुँदैन । हारको स्थितिमा पनि उनले बल मागिरहेका थिए, अवसरहरू सिर्जना गरिरहे र विश्वास गर्न कहिल्यै छोडेनन् । च्याम्पियनहरूले गर्ने काम यही त हो ।
मानिसहरू स्पेनको विश्वकप जितबारे कुरा गर्नेछन् र उनीहरूले गर्नुपर्छ पनि । तर उनीहरूले यो पनि सम्झनेछन् कि जब धेरैजसो दिग्गज खेलाडीहरू सन्यास लिइसकेका हुन्छन्, त्यतिबेला पनि मेस्सीले बल छुँदा विश्वका उत्कृष्ट डिफेन्डरहरू आत्तिन्थे । यो असाधारण कुरा हो ।
मेस्सीले मलाई नुहाइदिँदै गरेको तस्वीर फुटबलको सबैभन्दा चर्चित तस्वीरहरूमध्ये एक बन्यो । आज हामीले सँगै अर्को तस्वीर खिच्यौँ तर यसपटक मैले उनलाई आमनेसामने भएर धन्यवाद दिन सकेँ । उनीजस्ता खेलाडीहरू नभएको भए, म जस्ता बच्चाहरूले यति ठूलो सपना देख्ने आँट गर्ने थिएनौँ ।
एक दिन अर्को पुस्ताले मेरो ठाउँ लिनेछ । फुटबल यस्तै हो । तर लियोनेल मेस्सीजस्तो अर्को खेलाडी कहिल्यै पाइने छैन । कीर्तिमानहरू तोडिन सक्छन् र ट्रफीहरू जित्न सकिन्छ तर पूरै पुस्तालाई खेलप्रति आकर्षित र प्रेरित गर्नु इतिहासमा थोरै मानिसले मात्र हासिल गर्नसक्ने कुरा हो ।
आजको रात स्पेनको हो । भोलि बहसहरू जारी रहनेछन् । तर लियोनेल मेस्सीप्रति मेरो सम्मान कहिल्यै परिवर्तन हुनेछैन । आफू को हुँ भनेर प्रमाणित गर्न उनलाई यो फाइनल जित्नु आवश्यक थिएन । मेरो लागि, उनी सधैं फुटबलले देखेका महानतम खेलाडीहरूमध्ये एक रहनेछन् र उनीसँग एउटै मैदानमा खेल्न पाउनु मेरो जीवनभर रहने एउटा विशेष सौभाग्य हो ।







प्रतिक्रिया