११ श्रावण २०८३, सोमबार

यी हुन् विश्वकप २०२६ मा सबैभन्दा ३ बढी गोल हान्ने ३० खेलाडी (सूचीसहित)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्ततः स्पेनले फाइनल जित हासिल गरेसँगै चार वर्षका लागि फिफा विश्वकप सकिएको छ ।

अर्जेन्टिनालाई १–० को अन्तरले पराजित गरेर स्पेनले दोस्रोपटक विश्वकपको उपाधि उचालेर रेकर्ड बनाएको छ ।

यो विश्वकपमा फ्रान्सका केलियन एम्बाप्पेले सर्वाधिक १० गोल हानेर गोल्डेन बुट प्राप्त गरेका छन्, उनी लगातार विश्वकपमा गोल्डन बुट जित्ने पहिलो खेलाडी समेत बनेका छन् । उनले अहिलेसम्म सर्वाधिक २२ गोल हानेका छन् ।

२०२६ मा १० गोल हानेका एम्बाप्पले २०२२ कतार विश्वकपमा ८ गोल हानेका थिए भने सो अघि २०१८ मा भएको विश्वकपमा ६ गोल हानेर किर्तिमान बनाएका थिए, यो किर्तिमान उनले तीनवटा विश्वकपबाट हासिल गरेका हुन् ।

यसैगरी, अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीले सन् २००६ देखि २०२६ सम्मका ६ वटा फिफा विश्वकप संस्करणहरूमा सहभागिता जनाउँदा कुल २१ गोल गरिसकेका छन् । उनी एम्बाप्पेभन्दा सर्वाधिक गोल हान्ने खेलाडीको रूपमा दोस्रो स्थानमा छन । उनी विश्वकप इतिहासमै दुईपटक अर्थात सन् २०१४ र २०२२ मा प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै ‘गोल्डेन बल’ जित्ने एक मात्र खेलाडी हुन् । उनी विश्वकपमा सर्वाधिक खेलहरू खेल्ने खेलाडी समेत बनेका छन् ।

यो विश्वकपमा ३० खेलाडीले तीन भन्दा बढी गोल हानेका छन् । धेरै गोल हान्ने खेलाडी फ्रान्सका ४ जना रहेका छन्, जसअनुसार केलियन एमबाप्पेले १०, जज बेलिङ्घम र असमेन डेम्बलले समान ६ गोल तथा फ्रान्सकै ब्राडली बारकोलाले ३ गोल हानेका छन् भने दोस्रो नम्बरमा अर्जेन्टिना रहेको छ । मेस्सीले ८ गोल हान्दा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले ३ गोल हानेका छन् साथै इंग्ल्याण्डका ह्यारी केन ६ गोल हान्दा बुकायो शकले ३ गोलको योगदान गरेका छन् ।

यी हुन् विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीहरूः

१. फ्रान्सका केलियन एमबाप्पेः १०

२.अर्जेन्टिनाका लियोनेल मेस्सीः ८

३. नर्वेका अर्लिङ हल्यान्डः ७

४. फ्रान्सका जज बेलिङघमः ६

५. फ्रान्सका असमेन डेम्बलः ६

६. इंग्ल्यान्डका ह्यारी केनः ६

७. स्पेनका माइकल ओएरजबलः ५

८. सेनेगलका इस्माइला सरः ४

९. मेक्सिकोका जुलियन क्विनोन्सः ४

१०. ब्राजिलका भिनिसियस जुनियरः ४

११. इग्लयान्डका बुकायो शकः ३

१२. डेनमार्कका डेनिज उन्डभः ३

१३. जर्मनीका जोहान मान्जाम्बीः ३

१४. बेल्जियमका रोमेल लुकाकुः ३

१५. अर्जेन्टिनाका लाउटारो मार्टिनेजः ३

१६. बेल्जियमका चार्ल्स डे केटेलेरः ३

१७. नेदरल्याण्डका कोडी गकपोः ३

१८. फ्रान्सका ब्राडली बारकोलाः ३

१९. नेदरल्यान्डका ब्रायन ब्रोबीः ३

२२. न्युजील्याण्डका एलिया मात्रः ३

२३. ब्राजिलका म्याथेस चुन्नाः३

२४. अमेरिकाका फोलारिन बालोगुनः ३

२५. मेक्सिकोको राउल जिमेनेजः ३

२६. जर्मनीका काइ हार्भटेजः ३

२७. कंगोका योने विसाः ३

२८. मोरोक्कोका इस्माइल साइबारीः ३

२९. क्यानडाका जोनाथन डेभिडः ३

३०. पोर्चुगलका क्रिस्टियानो रोनाल्डोः ३