काठमाडौं । स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेसँगै यो वर्षको खेलकुद महाउत्सव सकिएको छ । तर, स्पेनले खेलमा जित हासिल गरे पनि यो विश्वकपमा सर्वाधिक धनी टिम भने होइन, यो विश्वकपपछि सबैभन्दा धनी टिम फ्रान्स रहेको छ ।
याहु स्पोर्टसका अनुसार फ्रान्स सबैभन्दा धनी राष्ट्रिय टिम हो, जसको भ्यालु १ हजार ७६० मिलियन अमेरिकी डलर रहेको छ भने इंग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ । जसको भ्यालु १ हजार ५८० रहेको छ ।

तेस्रो स्थानमा स्पेनको १ हजार ४२० अमेरिकी डलर, चौथों स्थानको पोर्चुगल १ हजार १७० मिलियन अमेरिकी डलर, १ हजार १०० मिलियन डलरसहित जर्मनी पाँचौ नम्बरमा रहेको छ ।
छैटौं नम्बरमा रहेको ब्राजिलसँग १ हजार ८० मिलियन अमेरिकन डलर, सातौं नम्बरमा रहेको अर्जेन्टिनासँग ९ सय ३७ अमेरिकन डलर, आठौं नम्बरमा रहेको नेदरल्याण्ड्ससँग ८७५ मिलियन अमेरिकी डलर र नवौं नम्बरमा रहेको नर्वेसँग ६८४ मिलियन अमेरिकन डलर बराबरको सम्पतिको मूल्याङ्कन गरिएको छ । साथै, बेल्जियम भने ६३५ मिलियन अमेरिकी डलरसहित दशौं नम्बरमा रहेको छ ।










प्रतिक्रिया