नयाँदिल्ली । भारतको ७२ औं राष्ट्रिय चलचित्र पुरस्कारको घोषणा गरिएको छ ।
यसपटक पनि भारतीय चलचित्र जगतका उत्कृष्ट चलचित्र, कलाकार तथा प्राविधिक प्रतिभाहरूलाई उनीहरूको उत्कृष्ट कार्यका लागि सम्मानित गरिएको छ । हरेक वर्ष झैं यसपटक पनि विभिन्न भाषा र विधाका चलचित्रहरूले आफ्नो बलियो छाप छोड्न सफल भएका छन् ।
यी पुरस्कारहरूले उत्कृष्ट अभिनय र निर्देशनको मात्र कदर गरेनन्, बरु कथावाचन, संगीत, छायांकन र सामाजिक प्रभावका कारण चर्चा कमाएका चलचित्रहरूलाई पनि सम्मान गरिएको छ । विजेताहरूको पूर्ण सूची सार्वजनिक भएपछि चलचित्र क्षेत्र र दर्शकहरूमाझ खुसीको माहोल छाएको छ ।
आउनुहोस्, कुन विधामा कसले बाजी मारे, त्यो जानौँ ।
कार्तिक आर्यन र ममुट्टीले क्रमशः ‘चन्दु च्याम्पियन’ र ‘ब्रह्मयुगम’ चलचित्रका लागि ‘सर्वश्रेष्ठ अभिनेता’को राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् भने यामी गौतमले हिन्दी फिचर फिल्ममा ‘सर्वश्रेष्ठ अभिनेत्री’को पुरस्कार जितेकी छिन् । साथै, सञ्जय मिश्रले ‘भक्षक’ चलचित्रका लागि ‘सर्वश्रेष्ठ सह अभिनेता’को राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् ।
पूर्ण सूची यस प्रकार छ :
सर्वश्रेष्ठ फिचर फिल्मः आर्टिकल ३७०
उत्कृष्ट अभिनेताः कार्तिक आर्यन (चन्दु च्याम्पियन) र मामुट्टी (ब्रमयुगम)
उत्कृष्ट अभिनेत्रीः यामी गौतम (आर्टिकल ३७०)
उत्कृष्ट निर्देशकः राजकुमार पेरियासामी (अमरन)
उत्कृष्ट सहअभिनेत्रीः रूपश्री वरकाडी (मिथ्या) र सावना नमिदास (महाराजा)
उत्कृष्ट सहायक अभिनेताः संजय मिश्रा (भक्त)
भरपुर मनोरञ्जनले भरिएको उत्कृष्ट चलचित्रः कल्की २८९८ एडी
राष्ट्रिय तथा सामाजिक मूल्य मान्यता प्रवर्द्धन गर्ने उत्कृष्ट चलचित्रः क्याप्टेन मिलर
उत्कृष्ट बाल कलाकारः रुद्रिमान बनर्जी, तपोमय देव, गीताश्री चक्रवर्ती, आरंगदेव पोथुला र अनिश एस शेट्टी
उत्कृष्ट छायाङ्कनः शेहनाद जलाल (ब्रह्मयुगम)
उत्कृष्ट पटकथाः सुकुमार (पुष्पा २)
उत्कृष्ट संवाद लेखकः भेन्की अतलुरी (लक्की भास्कर)
सर्वोत्कृष्ट प्रोडक्सन डिजाइनः कल्की २८९८ एडी
सर्वोत्कृष्ट एक्सन निर्देशनः आनल आरासु (महाराजा)
सर्वोत्कृष्ट मेकअप आर्टिस्टः कोमेटी कुरोल्लु










प्रतिक्रिया