काठमाडौं । स्पेनसँगको विश्वकप फाइनलमा पराजयपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको आँखाबाट आँसु झरेको छ ।
पराजयपछि उनले आफ्ना समर्थकहरूलाई हेर्नेक्रममा उनको आँखाबाट आँसु झरेको हो ।

३९ वर्षीय मेस्सीले आफ्नो आगामी खेल भविष्यको योजनाबारे अझै पुष्टि गरिसकेका छैनन्, तर खेल जगतका सर्वोत्कृष्ट खेलाडीहरूमध्ये एक मानिने मेस्सीले सन्यासअघि आफ्नो अन्तिम विश्वकप खेलिसकेको अनुमान गरिएको छ ।
मेस्सी भावुक बन्दा रंगशालामा अर्जेन्टिनाका समर्थकहरूले उनको नामको नारा लगाइरहेका थिए ।
अतिरिक्त समयमा फेरान टोरेसले गरेको गोलको मद्दतले स्पेनले १–० को जितसँगै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि हात पार्यो ।








प्रतिक्रिया