काठमाडौं । सन् २०२६ को विश्वकप फाइनलको अन्तिम सिठ्ठीपछि अर्जेन्टिनाका स्टार खेलाडी लिआन्ड्रो पारेडेसले स्पेनका खेलाडीहरू गाभी र एरिक गार्सियामाथि हातपात गरेका छन् ।
उनीहरुबीच झडपको अवस्था बनेपछि पारेडेसलाई मैदानबाट बाहिर पठाइएको छ ।

अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलले स्पेनलाई उपाधि दिलायो । तर खेलपछि पारेडेस निकै आक्रोशित देखिए र स्पेनका दुई खेलाडी गाभी र एरिकसँग झगडामा उत्रिएको अवस्थामा देखिए ।

पारेडेस एरिकको घाँटीमा हात राखेको अवस्थामा देखिएका थिए । त्यसपछि मिडफिल्डर गाभीले हस्तक्षेप गर्ने प्रयास गर्दा उनीहरूबीच घम्साघम्सी भएको थियो । लगत्तै रेफ्रीले पारेडेसलाई खेलको दोस्रो पहेँलो कार्ड देखाए, जसका कारण उनलाई मैदानबाट बाहिर पठाइयो ।
फाइनलमा अर्जेन्टिनाले सामना गरेको यो दोस्रो रातो कार्ड थियो । यसअघि एन्जो फर्नान्डेजलाई पनि दुईवटा पहेँलो कार्डका कारण मैदानबाट बाहिर पठाइएको थियो ।













प्रतिक्रिया