४ श्रावण २०८३, सोमबार

फिफा फाइनलमा ट्रम्पसहित आयोजक तीनै राष्ट्र प्रमुख सहभागी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ईस्ट रदरफोर्डस्थित न्युयोर्क न्यु जर्सी रंगशालामा उपस्थित हुने भएका छन् ।

न्यु जर्सी रंगशालामा करिब ८०,००० दर्शकको भीडमा उनी सामेल हुनेछन् । यो प्रतियोगितामा उनी उपस्थित हुन लागेको पहिलोपटक हो ।

अर्जेन्टिना र स्पेनबीच हुने आजको विश्वकप फाइनलमा मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नी पनि उपस्थित हुनेछन्, जसको अर्थ तीनै आयोजक राष्ट्रका नेताहरूको उपस्थिति रहनेछ ।

खेल अघिको समापन समारोहमा टम क्रुजदेखि लिएर हाफ टाइम शो विश्वकपको इतिहासमै पहिलो पटक आयोजना हुँदैछ । म्याडोना र शाकिरासम्मका शीर्ष श्रेणीका कलाकारहरूले प्रस्तुति दिने छन् ।

शुक्रबार न्युयोर्कमा फिफा प्रमुख जियानी इन्फान्टिनोसँगको भेटघाटका क्रममा ट्रम्पले यस प्रतियोगितालाई ‘विश्वकै इतिहासमा सायद सबैभन्दा सफल खेलकुद कार्यक्रम’ भन्दै प्रशंसा गरेका छन् ।

इन्फान्टिनोले पनि अतिशयोक्तिपूर्ण शैलीमा कुरा गर्दै यो कार्यक्रमले सबै अपेक्षालाई उछिनेको बताए । ‘यो अहिलेसम्मकै उत्कृष्ट विश्वकप मात्र होइन,’ इन्फान्टिनोले भने, ‘यो मानवजातिले देखेको सबैभन्दा महान् मानवीय, सामाजिक र सांस्कृतिक कार्यक्रम हो ।’