५ श्रावण २०८३, मंगलबार

नेपाली भलिबल टोलीको बिदाइ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानको इस्लामाबादमा यही जुलाई २२ देखि २९ सम्म आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीलाई बिदाइ गरिएको छ ।

नेपाल भलिबल संघले आईतबार एक कार्यक्रमकाबीच बिदाइ गरेको हो । नेपालको पुरुष टीमले पहिलो पटक विश्व वरियता प्राप्त प्रतियोगिता खेल्न लागेको हो । हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टोलीमा ६ नयाँ खेलाडीहरु समावेश छन् ।

नेपाली टोलीको प्रशिक्षकमा जगदिश प्रसाद भट्ट र सहायक प्रशिक्षकमा रुपेश कुमार विष्ट छन् । प्रतियोगिता नेपाल र आयोजक पाकिस्तानसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । टोलीका प्रशिक्षकले प्रतियोगिताका लागि खेलाडीहरूले आवश्यक तयारी पूरा गरेको बताउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य रहेको जानकारी दिए ।

खेलाडी हरिहजुरी थापाले सम्पूर्ण नेपालीको अपेक्षाअनुसार उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली टोलीको प्रशिक्षकमा जगदिश प्रसाद भट्ट र सहायक प्रशिक्षकमा रुपेश कुमार विष्ट रहेका छन् । प्रतियोगिता नेपाल र आयोजक पाकिस्तानसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।