९ श्रावण २०८३, शनिबार

सम्भवतः अब कसैले तोड्न नसक्ला एम्बाप्पेले बनाएको विश्व रेकर्ड

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फ्रान्सका किलियन एम्बाप्पेले विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बनाएका छन् ।

आज सम्पन्न इंग्ल्यान्डविरुद्धको तेस्रो स्थानका लागि भएको खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको इतिहास बनाएका हुन् ।

योसँगै विश्वकपमा कुल गोल संख्या २२ पुर्‍याएसँगै एम्बाप्पे विश्वकपको ९६ वर्षे इतिहासमा सर्वाधिक गोलकर्ता बनेर इतिहास रेकर्ड गराएका हुन् ।

उनले यो विश्वकपमा पनि सर्वाधिक १० गोल गरेर ‘गोल्डेन बुट’का दाबेदार भएका छन् । समग्रमा २२ गोल र जारी विश्वकपमा १० गोल गरेसँगै उनले अर्जेन्टिनाका खेलाडी लियोनेल मेस्सीलाई पछि पारेका छन् ।

मेस्सीले समग्रमा २१ गोल र जारी विश्वकपमा सर्वाधिक ८ गोल गरेर एम्बाप्पेभन्दा एककदम पछि रहेका छन् ।

आज राति हुने विश्वकप फाइनलमा २ गोल नगरेमा मेस्सी सदाका लागि एम्बाप्पेको रेकर्डभन्दा पछि रहने छन् । विश्वकप इतिहासमा एम्बाप्पेले बनाएको रेकर्ड सम्भवतः कसैले पनि तोडन सक्दैन् ।

उनको उमेर भएकाले पनि अर्को विश्वकप मज्जासँग खेल्न सक्नेछन् । उनले सो बेला पनि धेरै गोल गर्न सक्ने सम्भावना कायमै रहेको छ । जसका कारण उनले यो विश्वकपबाट हासिल गरेको उचाइ अर्को विश्वकपमा पनि हासिल गर्नेछन् । त्यसैले अहिले नै यो अनुमान गर्न सकिन्छ कि विश्वकपमा अब एम्बाप्पेको रेकर्ड अब कसैले तोडन सक्दैनन्, उनी गोलका मामिलामा सर्वकालिक भएर बसिरहने छन् ।

Skip This