काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले १ हजार ८६५ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ ।
कम्पनीका संस्थापक सेयरधनी आइब्रोक्स इन्टरनेशनलको नाममा रहेको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि खुला गरिएको हो ।
कम्पनीले यसअघि संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिनको सूचना प्रकाशित गरी सेयर खरिदका लागि आवेदन आह्वान गरेको थियो । तर, तोकिएको अवधिभित्र कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेकाले प्रचलित व्यवस्था अनुसार अब अन्य इच्छुक व्यक्ति तथा संस्थालाई सेयर खरिदको अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले तोकिएको समयभित्र प्राप्त आवेदनका आधारमा सेयर बिक्री प्रक्रिया अघि बढाइने जनाएको छ ।
संस्थापक सेयर बिक्री खुला भएपछि दीर्घकालीन लगानी गर्न चाहने लगानीकर्ताका लागि मञ्जुश्री फाइनान्समा लगानी गर्ने अवसर खुलेको छ । कम्पनीले इच्छुक लगानीकर्तालाई समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको छ ।










प्रतिक्रिया