१० श्रावण २०८३, आइतबार

विश्वकप : यी हुन् सर्वाधिक १० भन्दा बढी गोल गर्ने १७ खेलाडी (सूचीसहित)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकपमा फ्रान्सका किलियन एम्बाप्पेले सर्वाधिक १० गोलसहित कुल गोल संख्या २२ पुर्‍याएर अहिलेसम्मका सबै रेकर्ड तोडन सफल भएका छन् ।

फ्रान्सका २७ वर्षे स्ट्राइकर एम्बाप्पेले यो उमेरमा बनाएको रेकर्ड सम्भवतः अब अर्जेन्टिनका लियोनेल मेस्सीले बाहेक अरूले तोडन सक्दैन्, त्यो पनि आज हुने फाइनल खेलमा मेस्सीले २ गोल गरेको खण्डमा मात्रै उनको रेकर्ड तोडिनेछ । र, सम्भवतः मेस्सी यो विश्वकपबाट बाहिरिएसँगै एम्बाप्पले अर्को विश्वकप पनि खेल्ने छन्, जहाँ उनले अझै गोल गर्ने मौका पाउने छन्, मेस्सीले यो विश्वकपमा रेकर्ड तोडिहाले पनि अर्को विश्वकपमा एम्बाप्पेले थप गोल गरेर विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने सर्वकालिक खेलाडीको रूपमा उनले नाम दर्ज अवश्य गराउने छन् ।

अचम्म त के भने जारी फिफा विश्वकप खेलेका एम्बाप्पे, अर्जेन्टिनाका मेस्सी, इंग्ल्यान्डका हयारी केन र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि सर्वाधिक गोल हान्ने खेलाडीको सूचीमा अटाएका छन् । जारी विश्वकपमा एम्बाप्पेले १० गोल र मेस्सीले ८ गोल गरेर सर्वाधिक गोल हान्ने खेलाडीको सूचीमा राख्न सफल भएका छन् ।

यी हुन् हालसम्म विश्वकपमा सर्वाधिक गोल गर्ने १७ खेलाडी 

१. फ्रान्सका केलियन एमबाप्पे : २२ गोल

२. अर्जेन्टिनाका लियोनेल मेस्सी : २१ गोल

३. जर्मनीका मिरोस्लाभ क्लोज : १६ गोल

४. ब्राजिलका रोनाल्डो : १५ गोल

५. जर्मनीका गर्ड मुलर : १४ गोल

६. इंग्ल्यान्डका ह्यारी केन : १४ गोल

७. फ्रान्सका जस्ट फोनाटिन : १३ गोल

८. ब्राजिलका पेले : १२ गोल

९. हंगेरीका सन्डर कसिस : ११ गोल

१०. जर्मनीका जर्गन किन्सल्म्यान : ११ गोल

११. पोर्चुगलका क्रिस्टियानो रोनाल्डो : १० गोल

१२. जर्मनीका हेल्मुट रहन : १० गोल

१३. ग्यारी लिनकर : १० गोल

१४. इंग्ल्यान्डका गेब्रियल बाटिस्टुटा : १० गोल

१५. पेरूका टेफोलो क्युबलिस : १० गोल

१६ जर्मनीका थोमस मुलर : १० गोल

१७. पोल्यान्डका ग्रेजोरेज ल्याटो : १० गोल