मोरङ । पथरीशनिश्चरे नगरपालिका–१० स्थायी घर भएका बिदुर निरौलाको अमेरिकामा उपचारको क्रममा निधन भएको छ । उनको बिहीबार ४० वर्षको उमेरमा निधन भएको हो ।
करिब १० दिनअघि अमेरिकामा पौडी खेल्ने क्रममा पौडी पोखरीमा दुर्घटनामा परेर गम्भीर घाइते भएका निरौलाको उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
करिब ८ वर्षअघि रोजगारी तथा भविष्य निर्माणका लागि अमेरिका पुगेका निरौलाको असामयिक निधनको खबरले परिवार, आफन्त तथा पथरीशनिश्चरेबासीलाई शोकमा डुबाएको छ ।
मृतक निरौला डाँस मोरङी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरि निरौलाका दाजु हुन् ।







प्रतिक्रिया