२ श्रावण २०८३, शनिबार

लुम्बिनी विकास बैंकका नवनियुक्त सीईओ आचार्यद्वारा पदभार ग्रहण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन आचार्यले शुक्रबार (साउन १ गते) औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको निर्णयअनुसार उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

बैंकका अनुसार आचार्यसँग बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव रहेको छ । विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा कार्य गरिसकेका उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन र दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले व्यक्त गरेको छ ।

पदभार ग्रहणपछि आचार्यले बैंकको दीर्घकालीन लक्ष्य हासिल गर्दै उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीको मनोबल अभिवृद्धि तथा सम्पूर्ण सरोकारवालाले बैंकप्रति राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

बैंकले उनको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा उत्कृष्ट वित्तीय सेवा प्रवाहमार्फत राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

हाल लुम्बिनी विकास बैंकले देशका सातै प्रदेशमा ८९ शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर)मार्फत सेवा प्रदान गर्दै आएको छ ।