काठमाडौं । देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘प्रभावका लागि जोडौँ (कनेक्ट फर इम्प्याक्ट)’ अभियानसहित आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा विस्तारसँगै प्रविधिमार्फत शिक्षा, रोजगारी तथा समावेशी विकासमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।
कम्पनीका अनुसार ‘कनेक्ट फर इम्प्याक्ट’ सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर समाजमा सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन अभियान हो । यस अभियानअन्तर्गत क्लासिक टेकले नेपाल अपाङ्ग महिला संघसँग समावेशी रोजगारी प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको जनाएको छ ।
त्यसैगरी, कम्पनीले अनमोल बाल विकास गृहलाई निःशुल्क उच्च गतिको इन्टरनेट सेवा तथा एक थान कम्प्युटर उपलब्ध गराएर बालबालिकाको डिजिटल शिक्षामा सहयोग गरेको जनाएको छ ।
क्लासिक टेकले आफ्ना ग्राहक, कर्मचारी, साझेदार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा प्रवाहसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समाजमा सकारात्मक प्रभाव सिर्जना गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।








प्रतिक्रिया