१० श्रावण २०८३, आइतबार

एमालेको नयाँ वेबसाइट र मोबाइल एप आज सार्वजनिक गरिँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको नयाँ आधिकारिक वेबसाइट र मोबाइल एप आज (शुक्रबार) सार्वजनिक गर्दैछ ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार वेबसाइट दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा औपचारिक सार्वजनिक गरिनेछ ।

कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वेबसाइट र एपको सार्वजनिक गर्नेछन् । कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलसहितका शीर्ष नेताहरु सहभागी हुनेछन् ।

एमालेले डिजिटल माध्यममार्फत पार्टीका गतिविधि, सूचना र सेवाहरूलाई थप प्रभावकारी रूपमा आम नागरिक तथा कार्यकर्तासम्म पुर्‍याउने उद्देश्यले नयाँ वेबसाइट र मोबाइल एप सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

Skip This