काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि गम्भीर आरोप लगाएका छन् ।
राष्ट्रपति ट्रम्पले शुक्रबार ह्वाइट हाउसबाट राष्ट्रलाई सम्बोधन गर्दै सन् २०२० को राष्ट्रपति निर्वाचनमा धाँधली भएको दाबी गर्दै चीनले २२ करोड अमेरिकी मतदाताको डाटा (तथ्याङ्क) चोरेको आरोप लगाएका हुन् ।
ट्रम्पले आफ्नो प्रशासनले यस चोरीसँग सम्बन्धित गुप्तचरसम्बन्धी कागजातहरू छिट्टै सार्वजनिक गर्ने पनि बताए । ट्रम्पको दाबी छ कि यो योजना सन् २०२० को निर्वाचनकै क्रममा सुरु भएको थियो ।
उनका अनुसार चीनले अमेरिकी निर्वाचन प्रणालीका कमजोरीहरूको पूर्ण फाइदा उठाउँदै मतदाताहरूको विवरण गैरकानुनी रूपमा प्राप्त गरेको थियो ।
ट्रम्पले सीआईए, एफबीआई र अमेरिकी निकायका केही अधिकारीहरूले चीनको कथित चुनावी हस्तक्षेपसम्बन्धी जानकारी लुकाएको पनि दाबी गरे । साथै, ट्रम्पले अमेरिकी मतदान मेसिन, मतदाताको तथ्याङ्क र मत गणना प्रणालीहरू साइबर आक्रमणको जोखिममा रहेको पनि बताए । उनले चीनसहित रुस, इरान र उत्तर कोरियालाई सम्भावित खतराका रूपमा औंल्याएका थिए ।








प्रतिक्रिया