काठमाडौं । सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक बर्ष २०८२/८३ मा ७ वटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।
बैंकको कोशी प्रदेशका २०, मधेश प्रदेशका २१, बागमती प्रदेशका ४३, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका १० शाखाहरुमार्फत विभिन्न उमेर समूहका व्यक्तिहरु, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु र अन्य समूहका गरी विभिन्न वर्गलाई वित्तिय साक्षरताका विभिन्न कार्यक्रमहरुको आयोजना गरी करिब दश हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको हो ।
कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यससँंगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको छ ।
नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ प्रणाली मजवुत हुने र उपस्थित सम्पूर्णमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ । साथै, बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पनि विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । आफ्ना शाखा कार्यालयहरुमार्फत बैंकले विभिन्न सामुदायिक विद्यालय, स्थानीय स्वास्थ्य केन्द्र लगायत विभिन्न संघ संस्थालाई सहयोग प्रदान गरेको हो । जसअन्तर्गत बैंकको सार्केगाड शाखाले सार्केगाड गाउँपालिका वडा नं. ०४ स्थित हिमज्योति माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा ८ सम्मका १९६ गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई विद्यालय पोशाक तथा न्यानो स्वेटर उपलब्ध गराएको छ । बैंकका यी पहलहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरुबाट २० लाख ४५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया