९ श्रावण २०८३, शनिबार

मधेश प्रदेशमा तीन दलीय गठबन्धन कायम रहने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । नेपाली कांग्रेस र एमालेबीच बढ्दै गएको चिसोपनका कारण प्रदेशहरुको राजनीतिक समिकरण फेरबदल सुरु हुँदा मधेश प्रदेशमा भने यसको कुनै असर नपर्ने भएको छ ।

मधेश प्रदेशमा हाल विद्यमान नेपाली कांग्रेस, नेकपा एमामे र नेपाली कम्युनिष्ठ पार्टी (नेकपा) बीचको तीन दलीय गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ ।

आज भएको तीनै दलका नेताहरुबीचको छलफलमा गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको जनाइएको छ । मधेश प्रदेश एमाले संसदीय दलका नेता सरोज कुमार यादवले जनाए अनुसार तीनै दलका नेताहरुबीच गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ ।

अन्य प्रदेशको समिकरण परिवर्तन भएपनि मधेश प्रदेशमा कुनै फेरबदल नहुने नेता यादवले प्रष्ट पारेका छन् ।

Skip This