७ श्रावण २०८३, बिहिबार

यसरी सुरु भएको थियो प्रियंका र निकको प्रेम कहानी, निकले मागेका थिए प्रियंकाको तस्वीर

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड नायिका प्रियंका चोपडा र हलिउड अमेरिकी गायक निक जोनसको प्रेम विवाह भएको आठ वर्ष भइसेको छ । हालै प्रियंका र निकले आफ्नो पहिलो कुराकानीबारे खुलासा गरेका हुन् ।

उनीहरूबीच डेटिङ सुरु हुनुअघि निकले प्रियंकालाई पठाएको पहिलो म्याजेस पहिलोपटक बाहिर आएको हो ।

प्रियंका हालै निकसँग ‘जोनास पोडकास्ट’मा देखा परेकी थिइन् । जहाँ निकले एक्स (ट्वीटर)मा प्रियंकासँग भएको आफ्नो पहिलो कुराकानीको स्क्रिनसर्ट देखाए र उनीहरूबीच कसरी डेटिङ सुरु भयो भन्नेबारे बताए ।

निकले खुलासा गरे कि उनका दाजु केभिनले नै उनलाई प्रियंकाको शो ‘क्वान्टिको’बारे जानकारी दिएका थिए ।

निकले बताएअनुसार केभिनले उनलाई सोधेका थिए– के तिमीले ‘क्वान्टिको शो’ हेरेका छौ ?

निकले बिलबोर्डमा एउटा पोस्टर देखेको कुरा उल्लेख गरेका थिए । त्यसपछि उनी घर गए र ट्वीटरमा प्रियंकाले उनलाई फलो गरेकी छिन् कि छैनन् भनेर हेरे ।

जब प्रियंका चोपडाले यसमा शंका व्यक्त गरिन्, निकेले स्क्रिनसर्ट देखाए ।

निकले ट्वीटरमा प्रियंकालाई म्यासेज गर्दै लेखेका थिए– हेल्लो, मैले केही मानिसहरूबाट सुनेको छु कि हामीले भेट्नुपर्छ । म उनीहरूको कुरामा पूर्ण रूपमा सहमत छु । के तिमी लस एन्जलसमा छौँ ?’

निकको म्यासेजको जवाफमा प्रियंकाले लेखेकी थिइन्– हे.. ग्राहमले मलाई तिम्रो बारेमा बताएका थिए । लेट्स टेक्स, (हामी निजी रूपमा कुरा गरौँ) मेरो टिमको पनि यसमा पहुँच छ ।

कुराकानीलाई निरन्तरता दिँदै प्रियंकाले भनिन्– निकलाई विश्वासै लागेन कि त्यो वास्तवमै म नै थिएँ, त्यसैले उनले पक्का गर्नका लागि फोटो (तस्वीर) मागे । अनि मैले उनलाई क्यामेरातिर हेरिरहेको आफ्नो फोटो पठाएँ । मलाई त्यो कुरा मन पर्छ– यो फेशन शोको भोलिपल्टको कुरा हो । त्यतिबेला म राम्री देखिन्थेँ । त्यसपछि हामीले एकअर्कालाई म्यासेज गर्न थाल्यौँ र डेढ वर्षपछि हाम्रो इन्गेजमेन्ट भयो ।

प्रियंकाले यो पनि खुलासा गरिन् कि बलिउडका गतिविधिहरूबारे आफूभन्दा निक बढी जानकार छन् ।

निकले भने– विगत आठ वर्षमा मैले सबैभन्दा बढी बलिउडका गफगाफको आनन्द लिएको छु ।

यसमा टिप्पणी गर्दै प्रियंकाले भनिन्, ‘यो सत्य हो । कसको सम्बन्ध टुट्यो वा टुटेन भन्ने कुरा मलाई थाहा नहुन सक्छ, तर उनलाई थाहा हुन्छ ।’

‘कहिलेकाहीँ म कसैलाई म्यासेज पठाएर मेरो तर्फबाट माया पुर्‍याइदिन भन्दा उनीहरूले ‘अहँ, उनीहरूको त ब्रेकअप भइसक्यो’ भनी जवाफ दिन्छन् । यस्तो सुन्दा म पनि छक्क पर्छु ।’ रमाइलो कुराकानीका क्रममा निकले भने ।

बलिउडका गफगाफबारे जानकारी राख्नकै लागि आफूले केही व्यक्तिहरूलाई ‘घोस्टफलो’ (गुपचुप रूपमा पछ्याउने) गर्ने गरेको पनि निकले खुलाए ।