काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बुधबार काठमाडौंमा सम्पन्न सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरेको हो ।
सभाले कम्पनीको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ । जसअनुसार हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशतका दरले हुन आउने ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गरिनेछ ।
त्यस्तै, बोनस शेयरमा लाग्ने लाभांश कर प्रयोजनका लागि ०.२२५६ प्रतिशतका दरले ५२ लाख १० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित भएको कम्पनीले जनाएको छ । सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएपछि बोनस शेयर जारी गरिने र त्यसपछि कम्पनीको जारी तथा चुक्ता पुँजी बढेर २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने बताइएको छ ।
कम्पनीका अनुसार २०८३ साल जेठ मसान्तसम्म प्रधान कार्यालय, प्रादेशिक कार्यालय, शाखा तथा उपशाखा र तेस्रोपक्ष बीमा काउन्टरसहित कुल १०४ स्थानबाट बीमा सेवा प्रदान भइरहेको छ ।








प्रतिक्रिया