११ श्रावण २०८३, सोमबार

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका विवेक मण्डलको उपचारको क्रममा मृत्यु भएको छ ।

उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा गएराति निधन भएको प्रहरीले जनाएको छ ।

गत शुक्रबार दिउँसो विवेकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए । घटनापछि तत्काल हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको थियो र कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

प्रहरीका अनुसार आगलागीका कारण विवेकको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो ।

पारिवारिक स्रोतका अनुसार विज्ञान विषयमा एमएस्सी गरेका विवेक विगत एक वर्षदेखि बेरोजगार थिए । उनले अध्यापन गर्दै आएको विद्यालयले उनको स्थानमा अर्का शिक्षक नियुक्त गरेपछि उनी मानसिक तनावमा थिए ।