२९ असार २०८३, सोमबार

सिटी एक्सप्रेस मनि ट्रान्सफर २० औं वर्षमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १९ वसन्त पार गरेर २० औं वर्षमा प्रवेश गरेको छ । यही २० औं वार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेसले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

‘रक्तदान जीवनदान, हामी सबैको योगदान’ भन्ने मूल नाराका साथ सिटी एक्सप्रेसले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सिटी एक्सप्रेसको कमलादीस्थित आफ्नै मुख्य कार्यलयमा उल्लेखीय सहभागिताका साथमा रक्तदान कार्यक्रम भएको हो । साथै, २० औं वार्षिकोत्सवको अवसरमा कम्पनीले वर्षको उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत पनि गरेको थियो । कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १९ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । साथै, सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।