७ श्रावण २०८३, बिहिबार

रहस्यमय गाडी पार्किङबारे एमाले महासचिव पोखरेलको प्रतिक्रिया- “विनाशकाले विपरीत बुद्धि”

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग अवरुद्ध हुने गरी रहस्यमय ढंगले गाडी पार्किङ गरिएको घटनाप्रति टिप्पणी गर्दै यसलाई सञ्चार माध्यम र समाजलाई भयभित बनाउने बचकना प्रयास भएको बताएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै, “विनाशकाले विपरीत बुद्धि” भन्दै सञ्चार प्रतिष्ठानको बाटो छेक्ने गरी गरिएको पार्किङले स्वतन्त्र सञ्चारमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास भएको उल्लेख गरेका हुन् ।

उनले यस्तो गतिविधिले सञ्चार माध्यम र समाजलाई त्रसित बनाउने उद्देश्य बोकेको देखिएको भन्दै यस्ता बचकना हर्कतले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउन नसक्ने धारणा व्यक्त गरे ।