काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो घर जाने बाटोमा शंकास्पद कार तेर्स्याएर आवतजावत अवरुद्ध गरिएको घटनामा सरकारकै संलग्नता रहेको आशंका व्यक्त गरेका छन् ।
थापाका अनुसार सोमबार बिहान करिब ७ बजे दुई जनाले रातोपुलस्थित उनको घरअगाडिको बाटोमा गाडी पार्क गरेका थिए ।
स्थानीय बासिन्दालाई उद्धृत गर्दै उनले ती व्यक्तिहरू त्यसपछि प्रशासनको गाडी चढेर गएको देखिएको दाबी गरेका छन् ।
स्थानीयले दिउँसै आफूलाई घटनाबारे जानकारी गराएको उल्लेख गर्दै थापाले सञ्चारमाध्यम, व्यवसायिक प्रतिष्ठानलाई लक्षित गरी यस्ता गतिविधि सरकारकै योजनाअनुसार भएको आरोप लगाएका छन् ।
थापाले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै सरकारको भूमिकाबारे गम्भीर प्रश्न उठाएका छन् ।








प्रतिक्रिया