काठमाडौं । सुनसरीको व्यस्त बजार इटहरीमा ‘१८डी पाथीभरा’ सिनेमा खुलेको छ ।
१८डी पाथीभरा इन्टरटेनमेन्ट प्रालिले सञ्चालनमा ल्याएको सिनेमाको नायक पल शाहले एक विशेष कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।
सेन्टर प्लाजा इटहरीमा खुलेको सिनेमामा वयस्क मानिस एकैपटक १२ जनाले मनोरञ्जन लिन सक्नेछन् भने बालबालिकाहरु १५ जनासम्मले एकैपटक खेलको अनुभव लिन सक्नेछन् ।
टिकट शुल्क ३५० रुपैयाँ रहेको सञ्चालक उमेश घोरासाइनेले बताए । “यसमा जंगल यात्राको अनुभव, रोबटको दुनियाँ, माछाको संसार, डरलाग्दो अनुभव, डाइनोसरको दुनियाँ लगायतको विभिन्न १७ प्रकारका खेलहरुको मज्जा लिन सकिन्छ,” घोरासाइनेले भने ।
हरेक दिन बिहान ८ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने यस सिनेमा पाँच वर्षभन्दा माथिका बालबालिकाले हेर्न सक्नेछन् ।
कम्पनीले आगामी दिनमा पूर्वकै बिर्तामोड, इलाममा समेत उक्त सिनेमा सञ्चालन गर्ने तयारी गरिरहेको समेत घोरासाइनेले जानकारी दिए ।








प्रतिक्रिया