९ श्रावण २०८३, शनिबार

विरोधाभासपूर्ण कार्यशैलीबाट देश रूपान्तरण सम्भव छैन : शंकर पोखरेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद (पपुलिजम) वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पोखरेलले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको बताएका हुन् ।

पोखरेलले देशको विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मेवारी गलत नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठूलो भूल भएको उल्लेख गरेका छन् । आफैँभित्रका विकृति र आचरणगत कमजोरीहरू सुधार्न नसकेको नेतृत्वलाई विकृति अन्त्य र राजनीति सुधारको जिम्मा सुम्पनु नै हाम्रो सबैभन्दा ठूलो भूल थियो भन्ने कुरा नेपाली समाजले विस्तारै महसुस गर्न थालेको पोखरेलले बताएका छन् ।

पोखरेलले चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको व्यवहार नै विरोधाभासपूर्ण देखिएको उल्लेख गरेका छन् । चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली पूर्णतः विरोधाभासपूर्ण देखिएपछि उनीहरूबाट देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आज छर्लङ्ग भइसकेको पोखरेलको भनाइ छ ।

Skip This