८ श्रावण २०८३, शुक्रबार

इरानमाथि अमेरिकी आक्रमण जारी, २४ घण्टामा १४० स्थानमा क्षेप्यास्त्र र ड्रोन हमला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही जारी राखेको छ । अमेरिकाले आइतबार इरानका १४० वटा सैन्य अखडाहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हो ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार, आक्रमणको यस तेस्रो चरणमा इरानले ठूलो क्षति बेहोरेको छ । उक्त आक्रमणहरू केश्म, सिरिक, बन्दर अब्बास, जास्क, बुशेहर, खोन्दाब, बन्दर माहशहर, बेहबहान, अन्दिमेष्क, देजफुल, अहवाज, आबादान र खोर्रमशहर लगायतका क्षेत्रहरूमा भएको हो ।

इरानको विदेश मन्त्रालयले विगत २४ घण्टामा गरिएका अमेरिकी सैन्य आक्रमणहरूको कडा निन्दा गर्दै त्यसलाई संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लंघन भनेको छ ।

मन्त्रालयका अनुसार उक्त आक्रमणहरूले मध्यपूर्वमा तनाव कम गर्ने हालैका प्रयासहरूलाई कमजोर बनाएको छ ।

यसैबीच, इरानका सर्वोच्च नेताका सल्लाहकार मोहसेन रेजाईले होर्मुज इरानका लागि कैयौं आणविक बमभन्दा पनि बढी महत्त्वपूर्ण रहेको बताएका छन् ।

आईएसएनए समाचार एजेन्सीका अनुसार, रेजाईले इरानले जुनसुकै मूल्य चुकाएर भए पनि होर्मुजको रक्षा गर्ने उल्लेख गरेका छन् ।