३१ असार २०८३, बुधबार

वाणिज्य बैंकहरूको खुद नाफा १९ प्रतिशतले बढ्यो, ११ महिनामा ६४ अर्ब ४७ करोड आम्दानी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। बैंकहरूले सार्वजनिक गरेका जेठ मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकले संयुक्त रूपमा ६४ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको कुल खुद नाफा ५३ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो। यस वर्ष नाफा करिब १९ प्रतिशतले वृद्धि भएको देखिन्छ।

नाफाको आधारमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ। बैंकले जेठ मसान्तसम्म ८ अर्ब ४९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ५ अर्ब ९७ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यस अवधिमा कुमारी बैंकले नाफामा सबैभन्दा उच्च वृद्धिदर हासिल गरेको छ। बैंकले ४ अर्ब ७० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको ३७ करोड ९ लाख रुपैयाँको तुलनामा करिब ११६८.४५ प्रतिशतले बढी हो।

यस्तै, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक र एनएमबी बैंक पनि उच्च नाफा कमाउने बैंकहरूको सूचीमा परेका छन्। अधिकांश बैंकहरूको नाफा बढ्दा केही बैंकको नाफामा भने सामान्य गिरावट देखिएको छ।