काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलको खेलमा इंग्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
मियामीमा भएको खेलमा एन्ड्रियास स्जेल्डरपको उत्कृष्ट गोलको मद्दतले नर्वेले ३६ औं मिनेटमा १–० को अग्रता लियो । तर त्यसको ११ मिनेटपछि नै जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डका लागि खेल बराबरीमा ल्याए ।
पहिलो हाफको समाप्तिसम्म खेल १–१ को बराबरीमै रह्यो ।
दोस्रो हाफमा नर्वेले उच्च मनोबलका साथ आक्रमणको प्रयास गरे पनि गोल गर्न भने सकेन ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो ।
अतिरिक्त समयको सुरुवातमै इंग्ल्यान्डका लागि बेलिङ्घमले नै उत्कृष्ट गोल गरे । उनले ९३ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए ।
इंग्ल्यान्डले अतिरिक्त समयको पूरै ३० मिनेटसम्म यो अग्रता कायम राख्यो र खेल २–१ ले जित्दै सन् २०१८ यता पहिलोपटक सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो ।
अब सेमिफाइनलमा इंग्ल्यान्डले अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।








प्रतिक्रिया