११ श्रावण २०८३, सोमबार

हराउँदैछ असनको रौनक (तस्वीरहरू)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुनै समय बिहानैदेखि साँझसम्म किनमेल गर्ने मानिसको भीडले भरिने असन बजार पछिल्लो समय सुनसान देखिन थालेको छ ।

पर्यटकको आगमन र ग्राहकको चहलपहल घटेपछि ऐतिहासिक व्यापारिक केन्द्र असनको पुरानो रौनकमा कमी आएको छ ।

साँघुरा गल्ली, परम्परागत पसल र स्थानीय व्यापारका लागि परिचित असनमा पहिले दैनिक हजारौं मानिसको आवतजावत हुने गर्थ्यो । तर पछिल्ला दिनहरूमा पर्यटकको संख्या घट्नु, अनलाइन किनमेलको बढ्दो प्रभाव, बदलिँदो उपभोक्ता बानी र सहरका अन्य व्यापारिक केन्द्रको विस्तारले असनको व्यापारमा असर गरेको छ।

तस्वीरहरू : सक्षम घिमिरे