१० श्रावण २०८३, आइतबार

सरकार जनतालाई मार्ने गरी, जनताको हत्या गर्ने गरी अघि बढिरहेको छ : ऐन महर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले सरकार नेपाली जनताको हत्या गर्नेगरी अगाडि बढिरहेको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा गणेश नेपालीको आत्मदाहले सरकारले ठूलो मूल्य चुकाउनुपर्ने उनले बताएका हुन् ।

“गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले ठूलो मूल्य चुकाउनुपर्छ । हत्याको जिम्मेवार यो वालेन्द्र सरकार हो,” उनले भने ।

सरकार जनतालाई मार्ने गरी अघि बढेको आरोप लगाए । “सरकार जनतका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई मार्ने गरी, जनताको हत्या गर्ने गरी अघि बढिरहेको छ । म यो सरकार मुर्दावाद भन्न चाहन्छु,” उनले भने ।