काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर पड्किँदा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज बिहान करिब १०:२० बजे माकलबारीस्थित सडक खण्डमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकाको गाडीमा लोड गरिएको अक्सिजन सिलिण्डर विष्फोट हुँदा पैदलयात्री बागलुङ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको हो ।
घाइते भएका थापालाई उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।







प्रतिक्रिया