काठमाडौं । भारतमा चार वर्षपछि फेरि कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिन सक्ने संकेत देखिएको छ ।
आन्ध्र प्रदेशको कडपा जिल्लामा कोभिड–१९ का कारण दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
संक्रमण पुष्टि भएका चार जनामध्ये तीन जनालाई होम आइसोलेसनमा राखिएको छ भने एकजना संक्रमित व्यक्ति अस्पताल भर्ना भएका छन् ।
कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरूमा पनि यो भाइरसको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यम न्यूज २४ ले जनाएको छ ।
कोरोना संक्रमित फेला परेसँगै स्वास्थ्य विभागले निगरानी बढाएको जनाइएको छ ।








प्रतिक्रिया