काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावकाबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले अमेरिकालाई चेतावनी दिँदै हर्मुज जलसन्धिमा गरिने कुनै पनि हस्तक्षेपको कडा जवाफ दिइने बताएको छ ।
इरानी समाचार एजेन्सी इर्नाका अनुसार, आईआरजीसीले अमेरिकाले आफ्ना आक्रमणहरू जारी राखेमा हर्मुजको अवस्था सामान्य रहनेछैन र धेरै देशहरूले आर्थिक नोक्सानी बेहोर्नुपर्ने चेतावनी दिएको छ ।
यसैबीच, इरानको फार्स समाचार एजेन्सीले अमेरिकाले क्रुज मिसाइल प्रहार गरी उत्तरी इरानमा रहेको चीन तथा रुससँग जोडिएको रणनीतिक रेलमार्गको पुलमा आक्रमण गरेको जनाएको छ ।
अमेरिकाले पछिल्लो दुई दिनमा इरानका १७० भन्दा बढी सैन्य लक्ष्यहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार, यी आक्रमणहरूले स्ट्रेट अफ हर्मुज नजिकका तटीय क्षेत्रहरूमा रहेका इरानी हवाई प्रतिरक्षा प्रणाली, ड्रोन तथा क्षेप्यास्त्रका भण्डार लगायत सैन्य संरचनाहरूलाई लक्षित गरेको थियो ।








प्रतिक्रिया