काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले दसैँपछि बालेन शाहविरुद्ध ठूलो विद्रोह हुने बताएका छन् ।
पार्टी मुख्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले बालेन सरकारविरूद्व ठूलो विद्रोह हुने र मंसिरसम्म सरकार ढल्ने दावी गरेका हुन् ।
उनले भने, ‘बालेनविरुद्ध अब दसैँ पछाडि ठुलो विद्रोह हुँदै छ। एमाले लगायतका दलहरूले आन्दोलनको घोषणा गर्दै छौँ, हामी आन्दोलनको तयारीमा छौँ। मलाई लाग्छ मंसिर भन्दा बढी बालेन सरकार जान्छ भन्ने लाग्दैन।’
सरकारलाई गरिबको पीडाले पोल्ने उनको भनाइ छ ।
उनले भने, ‘यो सरकारलाई गरिबको पीडाले पोल्नेछ। असारको बेला मल छैन। मजदुरहरुको संगठित हुन पाउने अधिकार नै खोसेको छ, विद्यार्थीहरुको संगठित हुन पाउने अधिकार नै खोसेको छ। सिंहदरबारका वरिपरिका आठ–दस किलोमिटरका सुकुम्बासी बस्ती हटाएको छ।’








प्रतिक्रिया