काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्ने व्यक्ति पठाओ चालक रहेको खुलेको छ ।
उनी मुगु घर भएर भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली हुन् ।
महानगर प्रहरीले उनको मोटरसाइकलमा ह्वील लक लगाएपछि उनले आक्रोशित भएर आफ्नै बाइकबाट पेट्रोल निकालेर आफैँलाई छर्किएर आगो लगाएका हुन् ।
उनको वीर अस्पतालको बर्न युनिटमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ ।








प्रतिक्रिया