२८ असार २०८३, आइतबार

प्रस्तावित निर्वाचन आयोगका आयुक्तविरुद्ध उजुरी आव्हान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र आयुक्तविरूद्व उजुरी आह्वान गरिएको छ ।

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त राजीव सुब्बा साथै गुरुप्रसाद वाग्लेविरूद्व सुनुवाइ प्रक्रिया अघि बढाउँदै उजुरी आह्वान गरेको हो ।

सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विधुतिय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताए ।

आगामी साउन ५ गते बस्ने समिति बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययनका लागि सदस्यहरूलाई वितरण गर्ने योजना छ ।