३२ असार २०८३, बिहिबार

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन श्रम संस्कृति पार्टीको माग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद पूर्ण प्रसाद लिम्बुले प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिम्बुले प्रधानमन्त्रीले जेठ १७ गते दिएको सीमा सम्बन्धी अभिव्यक्ति छिटोभन्दा छिटो सच्याउनुपर्ने विषयमा आफ्नो पार्टीको अडान यथावत रहेको स्पष्ट पारे ।

उनले भने, ‘सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूले जेठ १७ गते सीमासम्बन्धी दिनुभएको अभिव्यक्ति छिटोभन्दा छिटो सच्याइयोस् भन्ने हाम्रो पार्टीको अडान यथावत रहेको जानकारी गराउँदछौँ। धन्यवाद ।’

श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति असहमति जनाउँदै त्यसलाई सच्याउन सरकारसँग पुनः आग्रह गरेको छ ।