काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावकाबीच अमेरिकी सेन्ट्रल कमान्डले इरानी सैन्य लक्ष्यहरूमाथि अमेरिकी सेनाले गरेको आक्रमणको भिडियो सार्वजनिक गरेको छ ।
अमेरिकी सेन्ट्रल कमान्डको आधिकारिक ट्वीटरबाट जारी गरिएको ट्वीटमा भनिएको छ, ‘अमेरिकी सेन्ट्रल कमान्डका फौजहरूले जुलाई ८ मा इरानविरुद्ध आक्रमणको अर्को चरण पूरा गरे । यसको उद्देश्य होर्मुज जलसन्धिमा व्यावसायिक जहाजहरू र निर्दोष नागरिक नाविकहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई अझ कमजोर पार्नु थियो । अमेरिकी सेनाले इरानको तटीय क्षेत्रमा रहेका हवाई प्रतिरक्षा प्रणाली, तटीय निगरानी संयन्त्र, क्षेप्यास्त्र तथा ड्रोन भण्डारण स्थल, नौसैनिक क्षमता र सैन्य रसद पूर्वाधारलगायत करिब ९० वटा इरानी सैन्य लक्ष्यहरूमा प्रहार गर्यो ।’








प्रतिक्रिया