१० श्रावण २०८३, आइतबार

इरानको धेरै सहरमा अमेरिकी हवाई आक्रमण जारी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्धविराम समाप्त भएको बताएको केही घण्टामै अमेरिकी सेनाले इरानमाथि फेरि विनाशकारी आक्रमण सुरु गरेको छ ।

अमेरिकी सेनाले मिसाइल र बमबारीको शृङ्खलाबद्ध आक्रमण जारी राखेको हो । यो भीषण र आक्रामक हमलाले इरानका सैन्य संरचनाहरूलाई तहसनहस पारेको अमेरिकी सेनाको दाबी छ ।

कोनारक र चाबाहार लगायत इरानका धेरै सहरहरूमा अमेरिकी सेनाको हवाई आक्रमण जारी छ । आक्रमणका कारण चाबहारका विभिन्न भागमा पूर्ण रूपमा विद्युत् आपूर्ति बन्द भएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास क्षेत्रमा आठवटा ठूला विस्फोटका आवाज सुनिएको छ ।

अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार अमेरिकाले इरानको सैन्य क्षमतालाई लक्षित गरी आक्रमण गरेको हो । यो आक्रमणहरूले इरानको तटीय राडार, जहाज–विरोधी क्षेप्यास्त्र र हवाई प्रतिरक्षा प्रणालीहरूलाई पूर्ण रूपमा ध्वस्त पारेको छ । यसअघि, मंगलबार पनि अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको थियो ।