काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई सफाइ दिएसँगै उनी आज रिहा भएका हुन् । सुन्धारा कारागारमा रहेका उनलाई अख्तियारको जिम्मा लगाइएको छ ।
सम्पती शुद्वीकरणको अनुसन्धानका लागि अख्तियारले उनलाई लगेकामा अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खोजेका बखत उपस्थित हुने गरी कागज गरेर छाडिएको हो ।










प्रतिक्रिया