काठमाडौं । मिस नेपाल २०२६ को उत्कृष्ट २४ फाइनलिस्टमध्ये प्रतियोगी नम्बर १९ विभूषा बस्नेत आफ्नो नेतृत्व क्षमता, सामाजिक सोच र आत्मविश्वासका कारण अहिले चर्चामा छिन् ।
हिमाली जिल्ला सोलुखुम्बुको प्रतिनिधित्व गरिरहेकी विभूषा सञ्चार क्षेत्र, सामाजिक अभियान र युवा नेतृत्वमा पनि सक्रिय छिन् । मिस नेपालको मञ्चलाई समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसरका रूपमा उपयोग गर्ने योजना उनको छ ।
१७ वर्षको उमेरदेखि नै आफ्नो आर्थिक जिम्मेवारी आफैं सम्हाल्दै आएकी विभूषाले महिलाको आत्मनिर्भरता शिक्षा, सीप विकास र आर्थिक अवसरसँग जोडिएको बताउँछिन् । उनका अनुसार महिलालाई आर्थिक सशक्तिकरण बनाउनु भनेको नेतृत्व विकाससँगै निर्णय लिने क्षमताका साथै जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउनु हो । महिला हिंसा पीडितसँग नजिकबाट काम गरेको उनको अनुभवले पनि उनलाई महिला तथा युवाको आर्थिक सशक्तिकरणका लागि काम गर्न प्रेरित गरेको विभूषाको भनाइ छ ।
हाल विभूषा लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ आई नेपालकी उपाध्यक्षका रूपमा पनि सक्रिय रहेर युवा नेतृत्व विकास, स्वयंसेवा र सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकी छन् ।
मिस नेपाल २०२६ को अन्तिम चरण नजिकिँदै गर्दा विभूषाले यो सौन्दर्य प्रतियोगिता मात्र नभई समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने प्रभावशाली मञ्च भएको उनको भनाई छ ।








प्रतिक्रिया