१० श्रावण २०८३, आइतबार

कोलम्बियालाई हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा सम्पन्न अन्तिम १६ को खेलमा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डले ४–३ गोलको जित निकाल्यो ।

स्विट्जरल्यान्डका लागि ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गरे भने कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे ।

यो जितसँगै १३ औं पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्ड चौथोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । सन् १९५४ को विश्वकपपछि स्विट्जरल्यान्ड समूह चरण वा अन्तिम १६ बाटै बाहिरिँदै आएको थियो ।

अब सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डले आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।