२ श्रावण २०८३, शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र बालकृष्ण खाँड दोषी ठहर

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नक्कली भुटानी शरणर्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँड दोषी ठहर भएका छन् ।

आज काठमाडौं जिल्ला अदालतले रायमाझी र खाँड लगायतलाई दोषी ठहर गरेको हो ।

पूर्व गृहसचिव टेक नारायण पाण्डे, कांग्रेस नेतृ सुजाता कोइरालाका तत्कालीन स्वकीय केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजीत राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी, आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल पनि दोषी ठहर भएका हुन् । उनीहरूले राज्य विरुद्धको कसूर तथा एकीकृत कसुर गरेको अदालतको फैसला छ ।

यस्तै अदालतले प्रतिवादी नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल राज्य विरुद्धको कसूरमा मतियार रहेको अदालतको फैसलामा उल्लेख छ।