२७ असार २०८३, शनिबार

प्रधानमन्त्री बालेनलाई अश्लिल गाली गरेर भिडिओ बनाउने युट्युबर पुर्पक्षका लागि जेल चलान

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई अश्लिल गाली गर्दै भिडिओ बनाउने युट्युबर पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत पाँचथरले पाँचथर फाल्गुनन्द गाउँपालिका-७ दोबाटेका युट्युबर रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको थियो।

न्यायाधीश कुमार मास्केको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । पोखरेल २०८२ चैत २६ गते पक्राउ परेका थिए । चौतर्फी विरोधपछि उनलाई प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएको थियो ।

तर उनको मुद्दा भने चलिरहेको थियो ।