काठमाडौं । माध्यमिक शिक्षा परीक्षा अन्तर्गतको पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले असार १ देखि ९ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । एक लाख ४६ हजार ५०७ परीक्षार्थी मध्ये एक लाख २९ हजार ११४ जना परीक्षामा सहभागी भएका थिए ।
सहभागीमध्ये तीन हजार ८३ हजार ५२३ जना अर्थात् ६४.६ प्रतिशत उत्तिर्ण भएका छन् । बोर्डले प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न, उत्तरपुस्तिका हेर्न र पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था रहेको जनाएको छ ।
पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको बोर्डको भनाइ छ । पुनर्योगका लागि असार २५ गतेदेखि ३१ गतेसम्मको समय तोकिएको छ ।








प्रतिक्रिया