२८ असार २०८३, आइतबार

४५ औं जन्मदिन मनाउँदै क्याप्टेन कूल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय क्रिकेट टोलीका सफल विकेटकिपर कप्तान महेन्द्र सिंह (एमएस) धोनी आज आफ्नो ४५ औं जन्मदिन मनाउँदै छन् ।

हरेक वर्ष झैँ यस वर्ष पनि धोनीको जन्मदिनलाई लिएर उनका फ्यानहरूमा उत्साह छ । उनका फ्यानहरुले उनको जन्मदिन हरेक वर्ष विशेष तरिकाले मनाउँदै आएका छन् ।

आफ्नो शान्त स्वभाव र उत्कृष्ट नेतृत्व क्षमताका कारण उनी विश्व क्रिकेट जगतमा ‘क्याप्टेन कूल’का रूपमा परिचित छन् । धोनीको जन्म ७ जुलाई १९८१ मा भारतको बिहार (अहिले झारखण्ड)को राँचीमा भएको थियो ।

उनी भारतीय राष्ट्रिय क्रिकेट टोली तथा आईपीएलको चेन्नई सुपर किंग्सका सफल पूर्वकप्तान हुन् ।

धोनीले आफ्नो क्रिकेट करिअरमा भारतलाई टी–२० विश्वकप, एकदिवसीय विश्वकप र च्याम्पियन्स ट्रफी गरी तीन प्रमुख आईसीसीको उपाधि दिलाएका थिए । साथै, चेन्नई सुपर किंग्सलाई पाँचपटक आईपीएल उपाधि जिताउन सफल भएका छन् ।

धोनीले २३ डिसेम्बर २००४ मा बंगलादेशविरुद्धको एकदिवसीय खेलबाट आफ्नो अन्तर्राष्ट्रिय करिअर सुरु गरेका थिए । धोनीलाई २००७ मा भारतको टी–२० कप्तान बनाइएको थियो । धोनीले आफ्नो कप्तानीमा २००७ मा भारतलाई टी–२० विश्वकपको उपाधि जिताएका थिए । यसपछि धोनीले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । धोनीले २००८ मा पूर्णकालीन कप्तानको जिम्मेवारी सम्हालेका थिए ।

डिसेम्बर २०१४ मा धोनीले अचानक टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरे । यसबाहेक धोनीले २०१७ को सुरुमा एकदिवसीय र टी–२० कप्तानीलाई पनि बिदाइ गरे ।

धोनीले अगस्ट २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

धोनी अझै पनि आईपीएलमा चेन्नई सुपर किंग्समा आबद्ध छन् । तर यसपटक चोटका कारण आईपीएल खेलका थिएनन् ।