११ श्रावण २०८३, सोमबार

सरकारले आफै बोक्सी र आफै धामी बनेर कानुनी राज्यलाई धज्जी उडायो : गुरू बराल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले कानूनी राज्यको धज्जी उडाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै बरालले कुनै पनि मन्त्रीका बारेमा आर्जन गरेका प्रश्नमा आफै बोक्सी र आफै धामी बनेर कानुनी राज्यलाई धज्जी उडाएको बताएका हन् ।

संविधान संशोधनको विषयमा सत्तापक्षबाट आएका विरोधाभासी अभिव्यक्ति र प्रधानमन्त्री कार्यालयबाट अघि बढाइएको प्रक्रिया आपत्ति जनाए। उनले सरकार निर्वाचित अधिनायकवादी सोचतर्फ उन्मुख भएको आरोप लगाए।

उनले भने, ‘संसदीय अभ्यासभित्र प्रतिनिधि सभा सञ्चालनको नियमावली जबरजस्ती पारित भएको दृश्यले सत्ताधारी दललाई गिज्याएको छ। नियमावली भित्रका विषय र सन्दर्भले कानुनी राज्यको मर्यादा मिचेको छ। फौजदारी कानुन भन्दा माथि यो संसद्ले विशेष कानुन बनाएर जुन घोषणा गरेको छ, यसले हामीलाई गम्भीर प्रश्न खडा गरेको छ।’