३२ असार २०८३, बिहिबार

बाटोमा युवतीलाई गोप्य अंग देखाउन पुरूष पक्राउ, शिक्षा अधिकृत रहेको खुलाशा

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुरमा बाटो हिँडिरहेकी युवतीलाई गोप्य अंग देखाउने पुरूषलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका ०७ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने वर्ष ५५ को सुरेन्द्र भट्ट रहेका छन् ।

पीडित युवतीले भिडियो सामाजिक संजाल मार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोवाटो, ललितपुरको टोलीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा निज भट्ट सिंहदरवारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रुपमा कार्यरत रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका भट्टलाई प्रहरी वृत्तको सातदोवाटोको हिरासतमा राखि थप अनुसन्धान भइरहेको छ ।